Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
धन देखेपछि महादेवका....

लेखनाथ भण्डारी

भर्जिनिया, अगस्ट २४

बयान नं - १
म खाउँ मैं लाउँ सुख-सयल वा मोज गरूँ
म नाचूँ मैं बाचूँ अरु सब मरून दुर्बलहरू 
भनी दाह्रा धस्ने अबुझ सठ देखी छकपरी
चिता खित्का छोडी अभयसित हाँस्यो मरी-मरी ।
                           - कवी शिरिमणी लेखनाथ पौडेल
भनिन्छ, धन देखेपछी महादेवका तीन नेत्र । तपाईं हाम्रा भने कती नेत्र होलान त ?
मलाई लाग्छ, महादेव कै तीन नेत्र हुन्छन वा छन भने हाम्रा त अलिक बढी नै नेत्र हुनु पर्यो नि होईन र ? दुई नेत्रले हामीलाई अलिक नपुग्ला । जस्लाई धनको कुनै काम नै छैन अर्थात ती महादेव जस्लाई हामी यो तिनै लोकको अधिपति मान्दछौं , उनलाई त धन हेर्न तीन-तीन नेत्र चाहियो भने हामीलाई दुई नेत्रले कसरी पुगोस । तेसैले हामीले हाम्रा दुई नेत्रले मात्र आफूलाई चाहिए जती धन देख्न र जम्मा गर्न सकिरहेका छैनौं । हुन त यी तीन लोक चौधै भुवनका मालिक भनिएका महादेव को हुन र यो तीन लोक चौधै भुवन भनेको पनि केहो र कहाँ छ भनेर मलाई थाहा छैन । माफ गर्नु होला यो मैले थाहा नपाए जती सबै कुरा तपाईंहरु जो यो पढिरहनु भएको छ,त्यो सबै मेरा आदरणीय पाठकहरुको जिम्मा ।
अमेरिकाको बास भएकाले अमेरिकाको नै चर्चा गर्नु जाती होला ।
अमेरिका भनेकै अबसर र स्वतन्त्रताको प्रयोगशाला हो ।
यो प्रयोगशालामा हामी आउनुको उदेश्य पनि अबसर र स्वतन्त्रताको खोजिको लागि हो । यसैको प्रयोगको लागि हो ।  अरु अबसर र स्वतन्त्रता जे भए पनि धन कमाउने र खर्च गर्ने वा जमाउने स्वतन्त्रता जो कोहीलाई प्राप्त छ  अमेरिकामा ।
धन कसरी कमाउने ? किन कमाउने र कती कमाउने ? यस्को कुनै सिमा छैन । तपाईले चाहे जती कमाउन नसक्नु होला तर सके जती कमाउन र मन लागे जती खर्च गर्न सक्नु हुन्छ ।
धन कसरी कमाउने भन्ने बारे सबैको आ-आफ्नै तौर-तरिका,अध्यन वा बिश्लेषण होला । अरुहरुको  तौर-तरिका,अध्यन वा बिश्लेषणबारे बोल्नु जाती नहोला । आम रुपमा देखिएको धन कमाउने एउटा तरिका वा मोहका बारेमा भने केही चर्चा गर्नै पर्ला .
बयान नं - २
बिना श्रम धन कमाउने र रातारात सके करोडपती नसके लखपति हुने लालसा धेरैको हुनसक्छ,सबैको नहुनसक्छ । सजिलोगरी धन कमाउन पाईने र मालामाल होईने भएपछि जस्तै आदर्शका कुरा गर्नेले पनि एकपटक सोच्नै पर्छ वा सोच्नै पर्छ भन्दा पनि सोच्नै सक्दैन र धनको दलदलमा उठ्नै नसक्ने गरी भासिएकाहरु हामीले धेरैलाई देखेका छौं ।  
नेपालमा यो भन्दा ५-६ बर्ष पहिले धन कमाउने यस्तै लहर चलेको थियो । ईबिजनेशका नाममा रातारात करोडपती हुने त्यो नसके लखपति कहीं नजा । त्यसो त यस्ता सस्ता धन कमाउने लहर धेरै पहिले देखी नै चल्दै आएको हो । अहिले त्यो इतिहासको पछाडि पनि नलागौं । तेसताका एमवे र गोल्डक्वेस्ट नामका दुई अभियानको खुबै चर्चा थियो । त्यो बन्दा पहिले नेपालका पर्दा पछाडिका राजनीतिक खलनायक र ब्यापारीहरुको मिलेमतोमा संरक्षण नामको यस्तै गोरखधन्दाको शुरुवात भएको थियो । त्यसपछी अन्य तेस्ता अन्य लखनौ लुटको थालनि भएको हो ।
यी दुई रातारात लखपति हुने सपनाको खेतिबाट के कती नेपालीको सपना तुहियो कुनै यकिन आँकडा त छैन तर हजारौं नेपालीको करौडौं रुपैयाँ केही टाढा बाठाहरुले बिदेशीको पोल्टामा पुर्याएपाछि सरकारले त्यस्लाई प्रतिबन्ध लगाएको थियो । त्यस्का केही नेपाली नाईके, एक भारतीय र अर्को एक सम्भवत युरोपियन पक्राउ पनि परे । तिन्लाई अदालतले २ करोड ६० लाख रुपैयाँ भन्दा धेरैको बैदेशिक मुद्रा अपचलन गरेको र हजारौं नेपाली ठगेकोमा सो बिगो जरिवाना गर्ने र जेल सजायँ हुनु पर्ने फैसाला समेत गर्यो तर जिल्ला अदालतअको सो फैसला पुनरादेदनका अन्य २ न्यायाधिसको कृपाले ५ लाख धरौटिमा छुटे । ती विद्वान न्ययाधिस ज्युहरुको नाम  अहिले म सम्झिरहेको छुईन तर अनुमान गर्छु कोईराला र देव यस्तै केही हुनसक्छ । तपाईं हामी के मात्र ख्याल गर्दै गरौं भने देशका राष्ट्रपती-उपरास्ट्रपती,प्रधानमन्त्री-मन्त्री ,राजदुत वा अन्य यस्तै केही राजनीतिक नियुक्ती पाउनु हुने विद्वानहरुको नाम । तेस्मा तिनै कुनै नामहरु पर्न सक्छ । सो ठगिका युरोपियन हुन कि भनि अनुमान गरिएका बिदेशीको निधन भएको समाचार   सार्वजनिक भैसकेको छ । अन्य को को कहाँ छन र के के गर्दैछन सो बारे यो पङ्तिकारलाई अहिले कुनै सुईँको छैन तर पनि एउटा विद्वान अहिले यो पङ्तिकारको सम्झनामा छन ।
मेरो सम्झनामा रहेका ति विद्वानको असली नाम के हो अहिले थाहा भएन तर हातीका देखाउने र चपाउने दाँत अलग अलग भए जस्तै यिनको एउटा नाम प्रतिक ढकाल रहेछ, अधिक्रितस्तरको सरकारी कर्मचारी । जस्को प्रतापले मलाई लाग्छ,म अहिले अमेरिका आइपुगेको छु । यी विद्वानलाई पनि एउटा सरकारले एउटा जिल्लाको राजा बनाएर पठाएको रहेछ, त्यो अबसरमा सम्भवत यिन्लाई सम्पत्तिको मोह र जनताको सुरक्षा बारे तत्वबोध भएको हुनु पर्छ । जब माथि उल्लेख लखनौ लुटको बारेमा समाचारहरु प्रकाशित भए यी विद्वानले यो पङ्तिकारलाई सबै भन्दा ठुलो शत्रु देखे । उनले सकेको दण्ड दिलाउन त चाहेकै थिए तर त्यस्तो दण्डका लागि जिल्लाको चोटे राजाबाट ( सिडिओ ) बाहिरिसकेको हुनाले त्यो पनि सम्भव भएन । त्यसैले उनले मलाई श्राप दिए, जुन श्रापको पारीणाम मैले देश निकाला हुनु पर्यो । उनको श्राप त तेरा सात पुस्ता कुष्ट  रोग लागेर कुहिएको उनको आफ्नै आँखाले हेर्ने थियो । तर भएछ के भने यो कुष्ट रोग नेपालमा उपचार सकिने भएकाले मैले र मेरा पुस्ताले सो रोगबाट पीडित भएर उनका अगाडि कुहिनु भने परेन ।    यो सन्दर्भ पनि अहिलेलाई यती नै । यहाँ मात्र के भने देशको न्याय कानुन र जनताको जिउ धनको सुरक्षाको संकेत मात्र हो ।
बयान नं - ३
अब कुरा गरौं अलिकती अमेरिकाको  ।
माथि चर्चा गरियो,अमेरिका अबसर र स्वतन्त्रताको प्रयोगशाला हो  ।
यो प्रयोगसलामा मानिसले दु:ख र मेहनतले मात्र पैसा कमाउला भन्ने लागेको थियो तर यहाँ त्यस्ता अनेक खेल हुने रहेछ, जस्को अहिले चर्चा गरेर साध्य छैन । जसरी नेपालमा ईबिजनेशका नाममा लाटा सोझा जनतालाई केही टाठाबाठा नेपालीहरुले लखपती बन्ने सपनामा करोडौ बिदेशीलाई  बुझाए । त्यसरी नै घुम्दै फिर्दै त्यही रोग यहाँ पनि रहेछ । खास गरी केही भारतीय र बंगालीहरुको आश्वासन र प्रभोलनमा नेपालीहरु पनि यो रातारात लखपती हुने लखनौलुटको पछाडि कुद्नु भएको रहेछ । यो कुदाईमा एक जना साथीले मलाई पनि दौडाउन खोज्नु भयो । साथी भन्दा पनि ती भाई धेरै बर्ष पछि त्यो पनि अमेरिकामा भेट हुँदा जुन उत्साह र रमाईलो महसुस भएको थियो, अहिले एक साल पुरा बित्यो हामी २ भाईबिच कसैलाइ एक अर्काको अतो पतो छैन । ती भाईले यो दौडमा लागेर राम्रो नै गरेको कुरा स-गर्व बताईरहन्दा मलाई नेपालको सम्झना मनमा नाचिरन्थ्यो  ।
कुरै कुरामा ती साथीको पछि लागेर एउटा कुनै अज्ञात ठाउुँमा पुगेको थिएँ, त्यहाँ त अरु आधा दर्जन नेपालीहरु ! म लाज घिन र डरले पानी पानी भएको थिएँ । तर त्यो नाटक पछि म त्यो संपर्कमा छैन तर यदा कदा तेस्ता अन्य फोन आइरहन्छ र रातारात कुनै दु:ख कस्ट नगरी मालामाल हुने सपनाको व्याख्या शुरु हुन्छ ।
एक दिन एक जना भाउजुले सुनाउनु भयो, ५ बर्ष पहिले एक जना साथीको लहै लहैमा लागेर ३ सय डलर तिरेर पाएका सामान अहिले पनि  घरमा पसारो परेर बसेका छन । तेत्रो पैसा तिरेर पाएको सामान कुनै काम लाग्ने भएनन । एक दिन हामी ४-५ जना साथी सँगै बसिरहेका बेला सबैको फोनमा पटक पटक त्यही लखपती हुने सपनाको फोन पालै पालो आयो । कुरा बुझ्दै जाँदा यस्तो धन्दाका पछाडि केही मनिस निक्कै सकृय भएर लागेका रहेछन र नयाँ चिनजान भएका जो कसैका पछाडि उनीहरु निक्कै जोड दिएर पिछा लाग्ने रहेछन । कुरा गर्दै जाँदा थाहा भयो, यो रातारात बिना मेहनत र लगानी लखपती हुने सपनाको खेतिबाट अरु धेरै साथीहरु पनि सताईनु भएको रहेछ ।
यस्तो घटना र सन्दर्भबाट तपाईं अरुहरु कतिको प्रभाबित हुनुहुन्छ मलाई थाहा छैन तर हुनु हुन्छ भने के सहि र गलत छुट्याउनु होला है । 
बाँकि बयान 
 बिद्या ठूलो कि धन ? गाउँ राम्रो कि शहर ? जाडो मन पर्छ कि गर्मी ? बिद्यालयमा पढ्दा यस्ता  बिषयमा बादबिवाद हुने गरेको थियो । यस्ता कार्यक्रमहरुमा कतिपय अवस्थामा आफूलाई मन पर्ने एउटा बिषय तर बहस गर्नु पर्ने अर्को बिषय पनि हुनेगर्थ्यो । सबैलाई मन पर्ने बिद्या तर चाहिने धन । म पनि बिद्याको महिमा बारे नै चर्चा गर्न मन पराउँथे । एक ताका हाईस्कुलको भितामा बिद्या नै धन हो भनेर लेखियो । त्यस पछि भने मेरो बिचारमा अर्को कुरा पनि थप्न मन लाग्यो । बिद्या नै धन हो तर मलाई सम्पत्ति देऊ । आज भोलि बिद्यालयहरुमा बादबिवाद र हाजिरी जवाफ प्रतियोगिता कतिको हुन्छन थाहा छैन तर हाम्रा पालामा यो प्रसस्तै हुने गर्थ्यो । आज भोलि अन्ताक्षरी, ट्यालेण्ट सो यस्तै के के जाती हुने गरेको सुनिन्छ ।    
बिद्या नै धन हो तर मलाई सम्पत्ति देऊ । धेरै पछिसम्म मेरो पुस्तक र कापिहरुमा यो नारा रहिरह्यो । तर न सम्पत्ति कमाउने सोचले कहिले छोयो न त जमाउने सोचले सतायो । कमाउँदै नकमाउनेले जमाउनु के पो पर्थ्यो र ? सम्पत्तिको यो मोह न हिजो नै उती धेरै लागेको थियो न अहिले नै तर पनि "बिद्या नै धन हो तर मलाई सम्पत्ति देऊ ।" बिद्यालयदेखी कलेज आइपुग्दासम्म यो नारा लिएर म कुदिरहेँ । यो कुरा यस्तै नै हो । यो मेरो निजी कुरा हो । मेरो निजी नै सहि तर तपाईंहरु सबैको (धेरैको) सामुहिक कुरा पनि त हुन सक्छ नि !
म सोच्दै थिएँ,शान्ती खोज्नु पर्ला । तर शान्ती कहाँ र कसरी खोज्ने होला भनेर दोबाटोमा उभिरहेको बेला यो अर्को सन्दर्भले च्याप्प समात्यो र यता पट्टी नलागी हुँदै भएन । मेरो शान्ती खोज्ने लालसा भने मरेको छैन तर तपाईं जो मेरा समादरणिय बिज्ञ पाठकहरु हुनुहुन्छ, म तपाईंहरुको पनि सहयोग चाहन्छु । तपाईंइहरु पनि केही त बोल्नु पर्यो । तपाईंइहरुले पनि मुख खोल्नु पर्यो । लाटो मानिस बाठो बनेर बकबक गरेको कति हेर्नु हुन्छ ?

कृया-प्रतिकृया र संम्पर्क : -lnb999@gmail.com

 
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 

थप बयान
धन देखेपछि महादेवका....
तपाई शान्ति खोज्दै हुनु हुन्छ
मैले पनि केही गर्नै पर्छ
मैले मात्र नगरे के बिग्रन्छ ?
माथि जाने रहर !
एस्पाएर डेट अफ ह्यूमन लाईफ
गिरिजाबाबू बित्नु भएछ !?
यो रहर होइन
लेखन यात्राको थालनी
घनचक्कर माथि घनचक्कर
म को हुँ !!!
म स्वदेश फर्किंदैछु
तपाईँ को हँ ?
पहिलो पटक दौरा सुरुवाल !
लेख्नुका विरुद्ध लेख्नु !?

 

 

 
  
  
  Designed and maintained by dRAJ