Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
घरघरको समस्या

समित थापा

मार्च २

कामकाजी महिला तथा पुरुषको जीवनमा आइपर्ने पारिवारिक कलहको मूल जरो समयअभाव हो । विशेष गरेर कामकाजी श्रीमान श्रीमतीमा यो लागू हुन्छ कामकाजी श्रीमान र श्रीमतीबीच जब पतिपत्नीबीचमा समयभाव खड्किन थाल्छ त्यसपछि घरमा कलह बिग्रह र पतिपत्नीबीचको सम्बन्धमा चिसोपन बढ्न थाल्छ यो प्रत्येक घरघरको समस्या हो ।
पतीपत्नीबीचको सम्बन्ध भनेको अन्तरमनको सम्बन्ध हो जुन सम्बन्धले दुवैबीचमा मायाप्रेम र प्रगाढ सम्बन्ध कायम हुन सक्छ । सानातिना तीता कुराहरु केहीछिनको मायाममताका कुराहरुपछि दुवैले बिर्सिन्छन् । तर निरन्तर एकापसममा समयअभाव बढ्दै गएमा त्यसले दुवैको जीवनमा मानसिक पीडाको जन्म गराइदिन्छ ।
मिल्ने बुडाबुडीहरुमध्ये पती वा पत्नीबीच ठाकठुक पर्ना साथ दुवैको अमनचयन भँडालिन्छ र दुवैभित्र छटपटी र पीडा शुरु हुन्छ । त्यसको निधानका लागि दुवैले आफूलाई संयम भएर एकापसमा आफ्ना भावना साटासाट गरेपछिमात्र साविकको ठाउँमा दुवैको पारो बस्न जान्छ ।
होइन दुवैले आफूलाई उ भन्दा म के कम भन्न थाल्यो भने तिनीहरुबीचको दरार अझ चिरा पर्दै जान्छ । आफूलाई सभ्य समाजमा बस्न रुचाउने हो भने दुवैले आफूलाई लागेका कुराहरु खुलस्त रुपमा राख्नु जरुरी छ ।
अहिलेको समाज भनेको २१ सौं सताब्दीको समाज हो ।
कुनै नारी पनि कुनै पुरुषको दासीका रुपमा रहन सक्दिन भने पुरुष पनि कुनै नारीको चक्रमा बाँधिएर बस्न सक्दैन । यो समयको खेल हो । नारी पुरुषबीचको सम्बन्ध भनेको प्रकृतिले सृजना गरेको हो न कि आफैं सृजित हो ।
आज संसारमा तेस्रो लिंगीहरुसमेत आफ्नो हक अधिकारका लागि आवाज उठाइरहेको अवस्थामा महिला पुरुषबीचको आआफ्ना अधिकार उपभोग गर्न खोज्नु कुनै अनौठो होइन ।
प्रेमलाई सफलताका साथ मानिसले अंगाल्न सक्यो भने त्यसले मानिसलाई ऊर्जा प्रदान गर्छ । होइन प्रेमलाई फरक दृष्टिकोणले शारिरीक चाहना मेटाउने बस्तुका रुपमा मात्र स्त्री या पुरुषले हेर्यो भने त्यसले पनि पति पत्नीबीचमा दरार पैदा गर्छ ।
हाम्रा हजुरबा हजुरामाहरुका पालामा जस्तो पत्नीलाई भोग गर्ने साधानका रुपमा मात्र पतिहरुले उपभोग गर्ने चलन अहिलेको आधुनिक युगमा हुन सक्दैन । लाज र घुम्टोभित्र रहेर श्रीमान् श्रीमतीको कृयाकलाप अब नेपाली समाजमा विस्तारै हराएर गएको छ ।
यौन इच्छाको चाहना खुलेर राख्ने अधिकार महिलाहरुलाई पनि छ र पुरुषले भन्नेसाथ महिलाहरुले आफ्नो यौन चाहनालाई पुनर्जीवीत गर्नुपर्छ भन्ने छैन । उनीहरुमा पनि त्यो चाहना हुनु जरुरी छ । जब दुवै बीचको चाहना हुनजान्छ अनिमात्र श्रीमान् श्रीमतीबीचको दरार रहँदैन ।
मानसिक पीडाले मानिसमा सबैखाले रोग उब्जाइदिन्छ । त्यसको उपचारको संभावना कमै हुन्छ । आफूलाई जसले आफू को हुँ र आफ्नो परिवारप्रतिको जिम्मेवारी के हो भन्ने जबसम्म बोध गर्दैन भने तिनीहरुबीच पति पत्नि दुवैलाई मानसिक रोगले गाँज्दै जान्छ ।
श्रीमान्को भावना श्रीमतीले बुझ्न नसक्नु वा श्रीमतीको भावना श्रीमान्ले बुझ्न नसक्नुको प्रमुख समस्या दुवै जनाबीचको सोचाइमा खाडल वा दरार सृजना हुँदै जानु हो ।
श्रीमान र श्रीमतीबीचको उमेरान्तरको फरकले पनि श्रीमान् श्रीमतीको बीच दरार पैदा हुन्छ ।
विवाहपछिकाअलिकति पाको र जीवनको उत्तरार्दमा पुगेको श्रीमान छ र श्रीमती भर्खरैमात्र जीवनको गहिराइमा पुग्न थालेकी छ भने त्यो दुइ बीचमा असमानज्यता अलि चाँडो शुरु हुनसक्छ । जसका कारणले सम्बन्ध विच्छेद हुनपुग्छ ।
घरमा जब कुनै पतीले पत्नीलाई समयदिन सक्दैन या पत्नीले पतीलाई समय दिन सक्दिनन् भने ती दुवै पीडितहरुको समस्या समयअभाव हो । त्यो समयअभावलाई पूरा गर्न पतीले पनि अर्को बाटो रोज्न बाध्य हुन्छ भने पत्नीले पनि आफूलाई स्थीर र मानसिक रुपमा सन्तुलित राख्नका लागि अर्को बाटो रोज्नु स्वभाविक हो ।
आज नेपालमा जसरी हज्जारौं पतीहरु विदेशमा धन कमाउने नाममा आफ्नो हड्डी घोटिरहेका छन् भने तिनका पत्नीहरुको लाउँ लाउं र खाउँको यौवनलाई छताछुल्ल पारेर परपुरुषप्रति आकर्षित भइहाल्न सक्ने अवस्था छैन । र, पश्चिमा मुलकको जस्तो पतिलाई छाडेर सम्बन्ध विच्छेद गरिहाल्न सक्ने अवस्थामा पनि हुँदैनन् ।
उनीहरुको मनको कुरा बुझिदिँदा दिंदै पनि आआफ्नो घरको आर्थिक अवस्थाका कारण त्यो समस्या ओझेलमा परेका छन् । उनीहरुको समस्या ओझेमा परेका कारण ती महिलाहरुले पनि आफ्नो समस्यालाई ओझेलओझेलमै निराकरण गर्न बाध्य हुनपरेका घटना समयसमयमा बाहिर आउँछन् ।
यो समस्याको परिस्थिति बोकेका शहर बजारमा भएका महिलाहरु त कुनै न कुनै प्रकारले त्यस्ता पतिहरुको तिर्खा मेटाउन कतै केही सीप र आफूलाई भुलाउने प्रयत्नमा लाग्न सक्छन् तर गाउँ घरतिरका महिलाहरुमा त्यो पीडा अलि बढिकष्टकर हुन जान्छ र कुनै पनि बेला त्यो सामाजिक मर्यादाभन्दा बाहिर गएर समस्या छताछुल्ल भइरहेको हुन्छ ।
वास्तवमा यो समस्या भनेको प्रत्येक घरघरको समस्या हा न कि विदेशीएका पति वा पत्नीहरुको मात्र समस्या हो । घरमै भएका पतिपत्नीबीच पनि समयाभावको कारण दरार बढिरहेको छ भने विदेशतिर पलायन भएका पति पत्नीहरुको पीडा अर्को पक्षमा छँदै छ ।
आज अमेरिकी तथा ब्रिटिस सैनिहरु इराक वा अफगान्स्िथानमा पुगेर महिनौदिनसम्म लडिरहेका हुन् वा नेपाल, भारत, लगायतका अन्य तेस्रो मुलुकका महिला पुरुषहरु रोजीरोटीका खोजीमा विदेश भौंतारिएका हुन् उनीहरुको घरायसी समस्याले भने झन झन् विकराल रुप लिइरहेको छ यसतर्फ कुन संस्थाले काम गर्ने घरायसी समस्याको मूल जरोप्रति किन कसैको ध्यान जान सक्दैन के श्रीमान् श्रीमती भनेका खाली भावी पुस्ता तयार गर्नका लागि मात्र हुन् कि  किन यसप्रति कोही संवेदनशील हुन सकिरहेको छैन ?
 
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 

 
  
  
  Designed and maintained by dRAJ