Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
विज्ञापन-महात्म्य

धीरकुमार श्रेष्ठ

मे १५

वर्तमान समय विज्ञापनमय छ । विज्ञापन नभए मूल्यवान् मणि पनि कौडीका भाउमा मिल्किन्छ । 'बोल्नेको पीठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्तैन, ले अहिले शतप्रतिशत र्सार्थकता ग्रहण गरेको छ । यही भएर विज्ञापनको बजार नै सिर्जना भएको छ । उत्पादनको बजारनिर्माण गर्नाका लागि विज्ञापनकै सहारा लिनुपर्ने भएको छ । हिजोसम्म हलाका अनौ समाएका हातहरू लोभलाग्दा सेता फूल उठेका मकै र पटपटी फुटेका भट्मासलाई पीरो गुन्द्रुकको अचारस“ग ज्रि्रो पड्काउ“दै फा“को मार्थे । आजभोलि विज्ञापनकै कारण एक हातले अनौ र अर्को हातले तयारी चाउचाउ समाउन बेर छैन । यस्तो अनौठो संयोग विज्ञापनले नजुटाउला भन्न सकिन्न ।
अहिलेको युगमा विज्ञापनको संसार असार छ । कीरालाई हीरा पारिदिने शक्ति विज्ञापनमै छ । यो नहुने हो भने हीरा कीरा बन्न बेरै लाग्दैन । यसैले अचेल उत्पादनको गुणस्तरमा भन्दा कैयौ“ गुणा बढी खर्च विज्ञापनमा हुन्छ । भलै विज्ञापनमा आवश्यकताभन्दा बढी खर्च गर्दा उपभोक्ताको हित बसाइ“ सरोस्, कसलाई मतलब ! आफ्नो दुनो सोझिए भइहाल्छ । अरूको हितको गीत गाउनेे चासो कसलाई छ ! विज्ञापनमा गरिए जति खर्च उत्पादनकै भाउमा जोडेर उपभोक्तास“ग असुल गर्न पाइने भएपछि यस्तो सुवर्ण्र्ाावसर कसले गुमाओस्, धनकुबेरै भए पनि छाड्दैन ।
 विज्ञापन के-केका हुन्छन् भनी कसैले सोधेमा उल्टै केका चाहि“ हु“दैन भनेर प्रत्रि्रश्न गर्दा हुन्छ । चाउचाउदेखि खाउखाउसम्म, होटेलदेखि मोटेलसम्म, शिक्षादेखि भिक्षासम्म, दीक्षादेखि प्रतीक्षासम्म, तेलदेखि सेलसम्म र खेलदेखि मेलसम्म≤ सबैको विज्ञापन हुन्छ । हु“दाहु“दा केटाले केटी अथवा केटीले केटा खोज्न परे पनि विज्ञापन नै चाहिने भइसक्यो । विज्ञापनको महत्त्व यति विधि बढेकैले उत्पादनको गुणस्तरमा प्रतिस्पर्धा हुनुको साटो विज्ञापनलाई तडकभडकयुक्त आकर्ष पार्नमा प्रतिस्पर्धा हुन थालेको छ । तरुनीको अर्धनग्न फोटो राखेर हुन्छ कि पुरातात्त्विक स्थलको भग्न फोटो राखेर हुन्छ, विज्ञापनकर्तालाई विज्ञापन गर्न पाए पुगिहाल्छ । सामाजिक मूल्य, मान्यता जतासुकै जाओस्, कसलाई के टाउको दुखेको छ !
कौसीमा लौसीको होस् कि बाह्रै मास बाटामा देउसी खेलेर होस्≤ विज्ञापन भएकै छ । घरको भित्तामा होस् कि जग्गाको कित्तामा, एक बित्ता खाली छाडेको छैन विज्ञापनले । बाटादेखि घाटासम्म बिजुली र टेलिफोनको पोलदेखि सामानको खोलसम्म जताततै विज्ञापनको साम्राज्य छ । यसै भएर अचेल विज्ञापनको बजार हजार छ ।
 विज्ञापनले यतिविधि हातखुट्टा फैलाइसकेको जमानामा विज्ञापन नभई कर्म गरेकै भरमा नाम कमाउ“ला भनी चिताउनै पर्दैन । झुटो बोलेर होस् कि ढुटो कुटेर होस् अरूले तपाईं भने पनि नभने पनि आफै“ मपाइ“ भएको विज्ञापन गर्न नसक्ने हो भने किन रोइस् मङ्गले आफ्नै ढङ्गले भन्दै टाउकोमा हात राखेर बसे भयो । तीनै लोकका पति ब्रह्माजीले पनि क्यै लछारपाटो लाउन सक्तैनन् । यति कुरो बुझिसकेपछि पनि बाह्र वर्षा खोलो त र्फकन्छ, मेरो दिन कसो नफर्केला भन्दै एकोहोरो काममा मात्र जोतिइराख्नुहुन्छ ! तपाईंको घै“टोमा घाम लागेकै हो भने यति जाबो कुरो बुझ्नुभएन ? मैले पनि यो लेखेर मपाइ“त्वकै विज्ञापन गरेको त हो नि !

 
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 

 
  
  
  Designed and maintained by dRAJ