विराटनगर उपमहानगरपालिका वडा नं. १९ स्थित फोहर थुपारिएको खाली स्थानमा बेवारिसे अवस्थामा रहेको बम विस्फोट हुँदा आज बिहान तीन बालक घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रानी विराटनगरका अनुसार आज बिहान १० बजेतिर र्सार्वजनिक रूपमा फोहर फालिएको स्थानमा प्लास्टिक टिप्न गएका तीन बालकले फोहर चलाउँदा उक्त बम विस्फोट भएको जनाएको छ ।
घाइतेहुनेहरूमा भारत विहार जोगबनीका ९ वर्षीय छोटे, १२ वर्षीय रिजलाल र ८ वषर्ीय राजा छन् । घाइतेमध्ये दुइको अवस्था चिन्ताजनक रहेको छ ।
उनीहरूको उपचार कोसी अञ्चल अस्पताल विराटनगरमा हुन् नसकी धरानमा लगिएको छ ।
घाइते बालबालिकाका परिवार अत्यन्त गरिब एवम् सामान्य ज्यालादारी गर्ने तथा ती बालकहरू कवाडीका समान उठाउने एवम् सङ्कलन गर्ने काममा संलग्न रहने गरेको बताइएको छ ।
विराटनगर- १९ स्थित कालीमन्दिरनजिक भएको सो विस्फोटका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते रिजलालको दुवै हात छिनिएको तथा राजाको आँखामा गम्भीर चोट तथा बमको र्छरा लागेको छ ।