|
|
 |
|
विशेष सम्पादकीय नयाँ वर्षको शुभकामना |
|
वासिंड०टन डीसी, अप्रिल १४ |
हाम्रा समस्त पाठकहरुमा नयाँ वर्ष २०६४ को हार्दिक शुभकामना । यो वर्षनेपालीहरुका लागि अर्को एक ऐतिहासिक वर्षा रुपमा परिणत होस् । त्यसो त हरेक वर्षनेपालीहरुका लागि एकपछि अर्को ऐतिहासिक वर्षा रुपमै वित्दै आएको छ । राम्रो नराम्रो जस्तो खबरबाट भए पनि हामीले प्रत्येक वितेका वर्षरुलाई ऐतिहासिक वर्षा रुपममा मान्न बाध्य छौं । गत वर्षात्र दोस्रो जनआन्दोलनका लागि नेपाली वर्ष२०६३ ऐतिहासिक बन्न पुग्यो । यो वर्षा बहुमत नेपालीले सोचेको जस्तो नेपालमा २ सय ३८ वर्षेखिको सामान्ती निरंकुश शाही शासन र अन्य कुनै प्रकारका एकतन्त्रीय शासनको जरैदेखि नेपाली नागरिकहरुद्धारा उन्मुलन गरियोस् भन्ने कामना गरौं । आम राजनीतिक नेताहरुमा मुलुक हाँक्ने सद्वुद्धी प्राप्त होस् र नयाँ नेपाल बनाउनका लागि सबै राजनीतिक दलहरु आफ्ना व्यक्तिगत र दलगत स्वार्थभन्दा एक कदम माथि उठेर मुलुकबासीप्रति चिन्तित होउन् । सबै राजनीतिक दलहरु एक भएर मुलुकबाट रातन्त्रको अन्त्य गर्दै आफू आफू राजा हुने प्रवृत्तिको पनि अन्त्य होस् भन्ने कामना सहित नयाँ वर्ष२०६४ हो स्वदेश तथा विदेशमा रहनुभएका समस्त पाठकहरुमा पुनः हार्दिक मंगलमय शुभकामना ।। |
| |
|
|
| |
|
|
| |
|
|
|
 |
|