Download Nepali Fonts | Kantipur | Sagarmatha | Preeti | For Mac, Click Here |  
 

    

नेपाली भाषाको पहिलो अनलाइन पत्रिका नेपालको समय

 ljifo ;"rL
  मुख्य पृष्ठ
  समाचार संक्षेप
  चौतारी
  साहित्य / संस्कृति
  नेपालबाट
  कुराकानी
  खेलकुद
  खसखस्
  सम्पादकीय
  बयान
  चिन्तन्
  उद्योग / उद्योगी
  English Section
  छायाँ
 
 
डीसीमा हिमालयन हेरिटेज रेष्टुरेन्ट

नेपालीपोष्ट प्रतिनिधि

वासिंङटन डीसी, सेप्टेम्बर २०

अमेरिकाको राजधानी वासिंङटन डीसीको मध्य शहरमा नेपाली होटल व्यवसायीले नेपाली नामबाटै रेष्टुरेन्टको शुरुआत गरेका छन् ।

सेप्टेम्बर १८ तारिखदेखि संचालनमा ल्याइएको हिमालय हेरिटेज रेष्टुरेन्ट एण्ड बार नाम दिएर वासिंङटन डीसीस्थित एडम्स मोरगनस्थित खोलिएको सो रेष्टुरेन्टले नेपाल पुगेर आउने विदेशीहरुका लागि रेष्टुरेन्ट पस्नासाथैदेखि नेपालकै कुनै रेष्टुरेन्टमा छु भन्ने भान पैदा गराउने देखिन्छ ।

रेष्टुरेन्टमा राखिएका आंखीझ्यालदेखि रेष्टुरेन्टभित्र तयार पारिएको ससानो कटेज अनि स्वयम्भु र बुद्धका तस्वीरहरुले नेपाली हेरिटेजलाई अमेरिकामा जिवन्त राख्नका लागि निक्कै सहयोग पुर्याएको देखिन्छ ।

सो रेष्टुरेन्टका मुख्य कुकमा पोखराका अर्जुन रानाभाट छन् उनले भारतस्थित चेन्नाइको एक विश्वविद्यालयबाट पाकशास्त्र अध्ययन गरेर शेराटन होटलमा कुक भइसकेको अनुभव संगालेका छन् भने अर्का कुकमा नेपाल सिमराबजार घर भएका ५५ वर्षीय पूर्व भारतीय सैनिक केवी गुरुङ रहेका छन् । गुरुङ यसअघि बोस्टनस्थित एक भारतीय रेष्टुरेन्टमा विगत ६ वर्षदेखि कार्यरत थिए भने रानाभाटले पनि क्यालिफोर्नियामा आफ्नो पाककलालाई देखाइसकेको यो प्रतिनिधिसंगको भेटमा बताए ।

यो रेष्टुरेन्टको मुख्य संयोजकमा सुरेश सापकोटा रहेका छन् उनी कहिले डीसीदेखि न्युयोर्कसम्म जानका लागि सुलभ भ्यान सेवा उपलब्ध गराउने त कहिले डीसी क्षेत्रमा कलाकर्मीलाई एकत्रित पारेर मनोरन्जन प्रदान गराउने अनि डीसी क्षेत्रको नेपाली समाजका लागि छापा पत्रिका समेत निकाल्न लगानी गर्ने सापकोटा यसपटक भने रेष्टुरेन्ट व्यवसायमा जमेरै लागेका देखिन्छन् ।
त्यसो त सापकोटाको यो रेष्टुरेन्ट व्यवसाय पनि पहिलो भने होइन उनले यसअघि पनि कवाव नामको रेष्टुरेन्ट बाल्टिमोर क्षेत्रमा चलाइसकेको अनुभव छ ।

सापकोटा प्रकाशक भएको विश्व सन्देश नामको पत्रिका अहिले पनि कहिले काहीं प्रकाशित हुंदै आएको छ ।

२ लाख ५० हजार डलरको साझा लगानी गरेर चारजनाले शुरु गरेको यो रेष्टुरेन्टमा नेपाली परिकारलाई नै विशेष महत्वदिने कुरा सुरेश सापकोटा बताउंछन् ।

रेष्टुरेन्टको खानको परिकारमा चटामरी, सेकुवा, मम, थुक्पा, भुटेको हांस तथा कुखुराको मासु त्यसैगरी आलु, तामा बोडी अनि सेलरोटी लगायतका परिकारहरु राखिएका भए पनि केही समयपछिदेखि नेपाली ढिंडो, गुन्द्रुक जस्ता परिकारहरुलाई पनि समेटिने कुरा सापकोटाले बताए । रेष्टुरेन्टमा आउने ग्राहकहरुको सुविधाका लागि आफूलाई मनपर्ने परिकारहरु अनलाइनबाटै समेत बुक गर्न सकिने व्यवस्था पनि गरिएको छ । www.himalayanheritagedc.com

त्यसो त वासिंङटन डीसीको मध्यभागमा भारतीय नामबाट चलाएका नेपालीहरुको रेष्टुरेन्ट पोलो, ताज, राजाजी जस्ता तीन वटाभन्दा बढी भए पनि नेपालीले चलाउंदै आएको माउन्ट एभरेष्ट नामक रेष्टुरेन्ट भने दुइ वर्षअघि नै बन्द भइसकेको थियो ।

यसरी मेरिल्याण्ड डीसी क्षेत्रमा नेपाली नामका रेष्टुरेन्टहरु आफ्नो नेपाली पहिचानलाई अमेरिकीमाझ विस्तारै राख्न थालेका देखिन्छन् । बाल्टिमोरमा रहेको लुम्बिनी नामले होस् वा कुमारी अनि काठमाडौं किचेनदेखि सांग्रिलासम्मका नामले अमेरिकामा नेपाली नामका रेष्टुरेन्टहरुको बजार राम्रै जम्न थालेको देखिन्छ ।

तस्वीरमा अर्जुन रानाभाट तथा सुरेश सापकोटा

 
 


yk ;dfrf/

वर्ग:
   
मिती: -
   
 
Nepali Post contains its archives since 24th of Jan 2006.
 

 
  
  
  Designed and maintained by dRAJ