परिचय


उत्तर अमेरिकाको राजधानी वासिंङटन डीसीस्थित ३१ अगष्ट २००१ देखि उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली व्यावसायिक पत्रकारहरुद्धारा इन्टरनेटका माध्यमबाट प्रकाशित हुने यो विचार तथा समाचारमूलक पहिलो नेपाली भाषाको वेव साइट हो । उत्तर अमेरिका लगायत संसारका विभिन्न भागमा छरिएर रहेका नेपालीहरुको विभिन्न गतिविधि तथा नेपाली भाषा साहित्य संस्कृतिलाई समेत जिवन्त राख्न मद्दत मिलोस् भन्ने उद्देश्य लिएर यो प्रकाशनको शुरुआत गरिएको हो ।

आज संसारका विभिन्न कुनामा छरिएर रहेका नेपाली पाठकहरुको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको अवस्थामा तपाईं पाठकका आफ्ना विचारलाई पनि यसमा यथास्थान दिने छौं । हामी नेपालको लोकतान्त्रिक पद्दतीमा विश्वास राख्ने प्रतिवद्द राजनीतिक विचारउत्तेजक लेख सामग्री, त्यसैगरी तपाई आफू बस्नुभएको देशका बारेमा लेख्नुभएका गैर राजनीतिक लेख, रचनालाई समेत यसमा समावेश गर्दै आएका छौं र तपाई पाठकहरु पनि यसमा समावेस हुन चाहनुहोस् भन्दछौं ।

यसमा प्रकाशित लेख रचना लेखकका नीजि विचार हुन् । यसमा आफ्ना लेख, रचना प्रकाशित गर्नका लागि सिधै इमेलमार्फत् नेपाली प्रीति फन्टमा टाइप गरेर पठाउनुहुनेछ । हामीलाई तपाईले पठाउनुभएको लेख रचना कृपया अन्य अनलाइन पत्रपत्रिकाहरुमा नपठाउन पनि अनुरोध गर्दछौं ।

हामी पूर्ण रुपले स्वयम् सेवाका लागि यो वेव साइट संचालन गर्दै आएकाले गर्दा हामीकहाँ पठाएका लेख रचनावापत हामी कुनै पनि किसिमको आर्थिक सहयोग गर्न सक्ने अवस्थामा नभएको समेत अग्रिम जानकारी गराउँछौं ।